ple each year, mostly in the Third World. March 24 commemorates the day in 1882 when Dr Robert Koch astounded the scientific community by announcing that he had discovered the cause of tuberculosis, the TB bacillus. At the time of Koch’s announcement in Berlin, TB was raging through Europe and the Americas, causing the death of one out of every seven people. Koch’s discovery opened the way toward diagnosing and curing tuberculosis.
- No more deaths from TB
- Faster treatment
- Quick, low cost, low tech test for TB
- An effective TB vaccine
- A TB free world
सरकारले सन् २०५० सम्ममा नेपाललाई क्षयरोग उन्मूलन भएको राष्ट्र बनाउने भएको छ । नेपालमा पनि क्षयरोग बिनाको संसार, मेरो जीवनमै पार्नुपर्छ साकार भन्ने नाराकासाथ सरकारी र गैरसरकारीस्तरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । नियमित रुपमा औषधी सेवन गरे पूर्ण रुपमा निको हुने क्षयरोगबारे अझै पनि अन्धविश्वास कायम रहँदा रोग निवारणमा समस्या देखिएको छ । क्षयरोग नियन्त्रण गर्नका लागि सरकारले ७५ वटै जिल्लामा डट्स उपचार केन्द्र स्थापना गरेको छ । नेपालमा हरेक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिन्छन् भने वर्षेनी ५ हजार व्यक्तिको यो रोगकै कारण मृत्यु हुने अनुमान छ । करिब आधा नेपालीको शरीरमा त कुनै न कुनै अंशमा क्षयरोगको ब्याक्टेरिया रहेको विज्ञहरु बताउँछन् । यद्यपि, यस्तो सुषुप्त रुपमा रहेको टीबीको किटाणुका कारण व्यक्तिमा तत्कालै केही असर भने भै हाल्दैन । मुलुकका करीब ४५ प्रतिशत जनसंख्या यही सुषुप्त अवस्थाको टीबीको किटाणु बोकेर हिँडिरहेका छन् ।
विश्व स्वास्थ्य संगठनले सन् २०१० मा ८८ लाख व्यक्ति क्षयरोगबाट संक्रमित भएको र १४ लाखले त मृत्युवरण नै गरेको जनाएको छ । यस्ता मृत्युको ९५ प्रतिशत त निम्न र मध्य आय भएका राष्ट्रमा भएको बताइन्छ ।नेपालमा पहिचान भएका क्षयरोगीको निको हुने दर ९० प्रतिशत छ । यसवर्ष ‘क्षयरोग बिनाको संसार, मेरो जीवनमै गर्नुपर्छ साकार’ भन्ने नाराका साथ मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसदेखि नै अभियान सुरु हुने जनाएको छ । span>
Source: WHO,Medindia,wikipedia, News agencies.